aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

२०२३ को जलवायु परिवर्तनसम्बन्धी सम्मेलन युएईमा हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ कार्तिक २०७८
२०२३ को जलवायु परिवर्तनसम्बन्धी सम्मेलन युएईमा हुने

युएई । युनाइटेड अरब इमिरेट्स (युएई)ले २०२३ को जलवायु परिवर्तनसम्बन्धी सम्मेलन आयोजना गर्न पाउने भएको छ । युएईका उप–राष्ट्रपति तथा प्रशासक महामहिम शेख मोहम्मद बिन रसिद अल मकतूमले बिहीबार घोषणा यूएईले २०२३ ले कोप २८सम्मेलनको आयोजना गर्न सफल भएको जनाएका छन।

संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन जलवायु र वातावरणीय मुद्दाहरूमा राज्यहरू र सरकारहरूका प्रमुखहरूको सबैभन्दा ठूलो विश्वव्यापी सम्मेलन हो। युएईलाई जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (युएनसीसीसी)द्वारा आयोजकको रूपमा पुष्टि गरेपछि शेख मोहम्मदको घोषणा गरेका हुन।

युएईका उद्योग तथा उन्नत प्रविधि मन्त्री तथा जलवायु परिवर्तनका लागि विशेष दूत डाक्टर सुल्तान अहमद अल जाबेरले युएईमा कोप २८ को आयोजना गर्ने निर्णय यसको नेतृत्वको दूरदृष्टि र यसका संस्थापक पिता शेख जायद बिनको प्रतिबद्धताको प्रत्यक्ष परिणाम भएको बताए।

प्रतिक्रिया दिनुहोस