aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

गौतम अडानीले फेरी दिए मुकेश अम्बानीलाई टक्कर, बढ्यो सबै कम्पनीको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ कार्तिक २०७८
गौतम अडानीले फेरी दिए मुकेश अम्बानीलाई टक्कर, बढ्यो सबै कम्पनीको मूल्य

एजेन्सी। अडानी समूहका कम्पनीहरूको बजार पुँजी एक वर्षकै उच्च विन्दुमा पुगेको छ । समूहको कुल ६ सूचीबद्ध कम्पनीहरूको मार्केट क्याप ९.९१  लाख करोड भारतीय रुपैयाँ पुगेको छ । योसँगै समूहका मालिक गौतम अडानी विश्वका १४औँ धनी व्यापारी बनेका छन् ।

अडानीले डेल कम्प्यूटर्सका माइकल डेल, ब्लूमबर्गका माइकल ब्लूमबर्ग, टिकटकका झाङ यिमिङ, नाइकेका फिल नाइट, वालमार्टका तीन कार्यकारी एलिस वाल्टन, रोब वाल्टन, जिम वाल्टन, बेभरेज फार्माका झोङ शान्सन र टेलिकमका कार्लोस स्लिमलाई पछाडि छोडेका छन्।

पछिल्लो ३ महिनायता अडानी समूहका सबै कम्पनीको शेयर मूल्य ह्वात्तै बढेको छ । गत जुन १४ गते यी कम्पनीमा विदेशी लगानीकर्ताहरूको लगानीको खबर आएको थियो । विदेशी लगानीकर्ताहरू थाहा नभएको र अडानीको सेयरमा लगानी गर्ने सबै विदेशी कम्पनीहरू एउटै ठेगानामा दर्ता भएको बताइएपछि यस समूहका सबै शेयरको मूल्य ह्वात्तै घटेको थियो ।

गिरावटको कारण समूहको कुल मार्केट क्याप जुलाई ३ मा ७.०३ लाख करोड भारतीय रुपैयाँ पुगेको थियो। तर, जुन ११ मा यी कम्पनीहरूको मार्केट क्याप ९.४२ लाख करोड भारतीय रुपैयाँ थियो। अहिले यो सङ्ख्या ९.९१ लाख करोड भारतीय रुपैयाँ छ । अर्थात् जुलाईको तुलनामा २.८२ लाख करोड भारतीय रुपैयाँ बढेको छ ।

जसका कारण जुलाईमा गौतम अडानी विश्वको सबैभन्दा धनी व्यापारीको वरियतामा २४ औं स्थानमा झरेका थिए । जुलाईदेखि यी कम्पनीको सेयर पुनः उकालो लाग्न थालेको थियो । जून १४ देखि ३० सम्म यी कम्पनीको सेयर ५० प्रतिशतसम्म घटेको थियो ।

नोभेम्बर १२ मा बजार हेर्दा अडानी टोटल ग्यासको शेयर एक वर्षकै उच्च रु.१,७१५ मा पुगेको छ । यसको मार्केट क्याप रु १८५११८ करोड छ। जुलाई ३ मा यो १०१२२६ करोड रुपैयाँ थियो। यसमा ८३,८९२ करोड भारतीय रुपैयाँ बढेको छ । अडानी इन्टरप्राइजेजको स्टक पनि एक वर्षकै शीर्षमा छ । यसको मार्केट क्याप १.५६ लाख करोड भारतीय रुपैयाँबाट बढेर १.९० लाख करोड भारतीय रुपैयाँ पुगेको छ। यसमा ३४ हजार करोड भारतीय रुपैयाँ बढेको छ ।

त्यस्तै, अडानी पोर्टको शेयर ७५० रुपैयाँ छ । यसको मार्केट क्याप १.५३ लाख करोड रुपैयाँ पुगेको छ। यसमा ८ हजार करोड बढेको छ । अडानी पावरको शेयर १०९ रुपैयाँमा छ । यसको मार्केट क्याप ४३ हजार करोड छ । अडानी ट्रान्समिसनको स्टक एक वर्षको शीर्षमा रु १९९५ मा कारोबार भइरहेको छ । यसको मार्केट क्याप १.०५ लाख करोड रुपैयाँबाट बढेर २.१९ लाख करोड रुपैयाँ पुगेको छ। यसमा १.१३ लाख करोड रुपैयाँ बढेको छ ।

अडानी ग्रिन एनर्जीको स्टक रु. १२८६ मा कारोबार भइरहेको छ। यसको मार्केट क्याप १.५७ लाख करोड रुपैयाँबाट बढेर २ लाख करोड रुपैयाँ पुगेको छ। यसमा ४३ हजार करोड बढेको छ । समूह कम्पनीको शेयर मूल्य बढेपछि अडानीको व्यक्तिगत सम्पत्ति पनि बढेको छ । फोर्ब्सका अनुसार उनको कुल सम्पत्ति ८१.२ बिलियन डलर छ। उनी विश्वकै धनी व्यापारीको वरियतामा १४औँ स्थानमा छन् ।

रिलायन्स इन्डस्ट्रिजका मुकेश अम्बानी धनीहरूको सूचीमा ११ औँ स्थानमा छन् । उनको कुल सम्पत्ति ९८.८ बिलियन डलर छ। सेयरको मूल्यमा आएको गिरावटका कारण जुलाईमा अडानीको कुल सम्पत्ति ६३.५ अर्ब डलरमा झरेको थियो । त्यसयता उनको कुल सम्पत्ति करिब २० अर्ब डलरले बढेको छ ।

अडानीको सातौं कम्पनीले सेबीमा आईपीओका लागि आवेदन दिएको छ । यसै महिनाभित्र स्वीकृति पाउने अपेक्षा गरिएको छ । अडानी विलमार एफएमसीजी   क्षेत्रको कम्पनी हो। अडानीको नेटवर्थ लिस्टिङपछि अझ बढ्नेछ। यसले उनको कुल नेटवर्थ पनि बढाउनेछ।

प्रतिक्रिया दिनुहोस