aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

के बंगलादेश चिनियाँ ऋणको पासोमा पर्दैछ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ कार्तिक २०७८
के बंगलादेश चिनियाँ ऋणको पासोमा पर्दैछ ?
  • हुसेन शज्जाद

बंगलादेश, पाकिस्तानपछि दक्षिण एसियामा चिनियाँ उच्च लगानी प्राप्त कर्ताको दोस्रो ठुलो मुलुक हो। बंगलादेश सबैभन्दा ठुलो व्यापारिक साझेदार बनाउँदै चीनबाट सबैभन्दा धेरै वस्तुहरू आयात गर्दछ। यो कथाको सुरुवात त्यहाँबाट हुन्छ जहाँ चीनले बंगलादेशलाई एक विकसित देश बन्ने सपना देखाउँदै आफ्नो 'ठुलो मेगाप्रोजेक्टहरू' को लागि आफ्नो भिजन-२०४१ लाई पूरा गर्न आर्थिक सहयोग र विकास अनुभव प्रदान गर्दछ। श्रीलङ्काको हम्बनटोटाको उदाहरण प्रस्तुत गर्दै चीनबाट आएको अत्यधिक कोषका आलोचकहरूले सोध्ने प्रश्नले निराशावादी बनाउँछ, "के चीनले आफ्नो 'ऋण-जाल' कूटनीतिले बंगलादेशलाई प्रलोभनमा पार्न खोजिरहेको छ?"

'ऋण-जाल कूटनीति', चीन विरुद्ध व्यापक रूपमा प्रयोग गरिएको एक कथा हो। यो चीन र पश्चिमी मित्रहरू बिचको 'पूर्वाधार युद्ध' बाट उत्पन्न भएको मानिन्छ। बङ्गलादेशमा चिनियाँ परियोजनाहरू बाट त्यस्ता धूर्त रणनीतिक उद्देश्यहरू प्राप्त गर्न चीनसँग वास्तवमै कुनै ‘म्याकियाभेलियन रणनीति’ छ भने यो विषय अर्कै हो। कुनै समयको ‘द स्लीपिङ जाइन्ट’ बाट अहिले ‘दोस्रो आर्थिक महाशक्ति’ बनेको चीनले राजनीतिक मामिलामा ‘समाजवादी विचारधारा’ पछ्याउँछ तर उसले ‘बजार समाजवाद’ नामको ‘खुला बजार नीति’ अपनाएको छ। यस क्षेत्रको ‘बिग बजार’का कारण चीनको दक्षिण एसियाली देशहरूसँग सधैँ बलियो सम्बन्ध रहेको ऐतिहासिक तथ्याङ्कले देखाउँछ। बंगलादेशको भौगोलिक-राजनीतिक प्रख्यातता र व्यापारिक महत्त्वले चीनलाई यो पैसा कमाउने बजारमा विशेष ध्यान दिन बाध्य तुल्याएको छ।

दक्षिण एसियाको ‘आर्थिक हब’ बन्ने सम्भावनाको सदुपयोग गर्न, बंगलादेशलाई यसको ‘फ्ल्यागशिप डेभलपमेन्ट प्रोग्राम’मा खर्च गर्ने वित्तीय आपूर्तिको लागि बाह्य कोष चाहिन्छ जुन घरेलु क्षमता भन्दा बाहिर छ। यसले बंगलादेशलाई अनुकूल अवस्थाका साथ बाह्य कोष विकल्पहरू खोज्न अभिप्रेरित गर्छ। बंगलादेशले हालैका वर्षहरूमा विश्वव्यापी ऋणदाताहरूबाट पर्याप्त आर्थिक सहायता गुमाएको छ। जस्तै, पद्मा पुलको लागि विश्व बैंकको अस्वीकृति र चीनको लगानीको आकर्षकले चीनलाई बंगलादेशको अर्थतन्त्रमा पाइला टेक्ने गेटवे सिर्जना गर्‍यो। अर्कोतर्फ, चीन आफ्नो बाह्य अभिमुखीकरणको एक भागको रूपमा चीनको नेतृत्वमा विभिन्न क्षेत्रीय प्लेटफर्महरू जस्तै, एआईआईबी, बिआईआर आदिसँग आफूलाई जोडेर बंगलादेशको नजिक आउँछ।

सन् १९७६ मा सुरु भएको चीन–बंगलादेश सम्बन्ध २१औँ शताब्दीको पहिलो दशकसम्म व्यापारिक सम्झौतामा सीमित थियो । द्विपक्षीय सम्बन्धले बीआरआई अघि र पछि दुई फरक चरणहरू अनुभव गरेको छ। सन् २०१० पछि दुवै देशले व्यापार, पारवहन र रक्षा खरिद सम्झौतामा हस्ताक्षर गरेपछि यो सुमधुर सम्बन्ध रणनीतिक साझेदारीमा परिणत भयो। दुवै देशले ‘स्वतन्त्र व्यापार क्षेत्र’ स्थापना गरी ठुलो व्यापार घाटा कम गर्न काम गरिरहेका छन् । चीनले कूटनीतिक, रक्षा र आर्थिक सम्बन्ध गाँस्दै आफूलाई बंगलादेशको ‘समयको परीक्षित मित्र’ साबित गर्न खोजिरहेको छ।

चीन र बंगलादेशको छुट्टै राजनीतिक र सामाजिक स्थिति भए पनि सहयोगी प्रयासले उनीहरूलाई नजिक ल्याएको छ। आफ्ना साझेदारहरूको घरेलु मामिलामा चीनको गैर हस्तक्षेप सिद्धान्तले ढाकालाई बेइजिङबाट थप लगानीको स्वागत गर्न प्रेरित गर्छ। उदीयमान अर्थतन्त्रको रूपमा बंगलादेशलाई सामाजिक-आर्थिक समस्याहरू समाधान गर्न 'ठुलो लगानी' चाहिन्छ। अर्कोतर्फ, बंगलादेश चीनको रणनीतिक गणनामा महत्त्वपूर्ण छ किनभने यसले चीनको दक्षिण पूर्वी भूपरिवेष्टित प्रान्तलाई जोड्न सक्छ। यसबाहेक, बंगलादेशको सस्तो जनशक्तिले चीनलाई आफ्नो 'सनसेट उद्योगहरू' स्थानान्तरण गर्ने अवसर प्रदान गर्दछ। यद्यपि, आलोचकहरूले रोहिंग्या संकट समाधानमा चीनको भूमिकाको निन्दा गर्दै यस सम्बन्धलाई विवादास्पद रूप दिन प्रयास गरिरहेका छन्।

विश्व बैङ्क र आईएमएफका अनुसार कुनै देशको बाह्य ऋण कुल गार्हस्थ्य उत्पादनको ४० प्रतिशतभन्दा बढी भयो भने त्यो समस्यामा पर्छ। तर, बंगलादेश ‘सेफ जोन’ मा रहेको सुनिश्चित छ किन भने यसको कुल वैदेशिक ऋण जिडिपीको १५ प्रतिशतभन्दा कम छ । ‘फ्लो अफ एक्सटर्नल रिसोर्सेस इन बंगलादेश’ मा वित्त मन्त्रालयको प्रकाशनले प्रतिव्यक्ति ऋण २०१९-२० को करिब २७८ डलर रहेको देखाउँदै देशको कुल वैदेशिक ऋण बक्यौता ४४०९.५१ करोड डलर रहेको रिपोर्ट गरेको छ। यसले बंगलादेशलाई बाह्य ऋणको बोझले दबिएको गलत धारणाभन्दा वास्तविकता कसरी फरक छ भन्ने स्पष्ट देखाउँछ। बढ्दो चिनियाँ लगानीप्रति औँला देखाउँदै बंगलादेश ‘चीन ऋणको जाल’को सिकार बन्न लागेको भन्ने भनाइले वास्तविकता झल्काउँदैन। 

आर्थिक वर्ष २०१९-२० मा बंगलादेशको कुल बाह्य ऋण विश्व बैंकबाट ३८, एडिबीबाट २४.५, जाइकाबाट १७, चीनबाट ६.८१, रुसबाट ६.१४ र भारतबाट १.३ प्रतिशत रहेको देखिन्छ । यो आत्म-व्याख्यात्मक तथ्याङ्कले बंगलादेशले माथि उल्लिखित गलत धारणाहरूको विपरीत सही मार्गमा यात्रा गरिरहेको देखाउँछ।

सीमापार व्यापारको रणनीतिक फाइदाले बंगलादेशलाई चीनतर्फ तीव्र रूपमा झुकायो जसका आलोचकहरू भन्छन् कि चीनको पैसामा धेरै निर्भरताले देशलाई चीनको नियन्त्रणमा राख्छ। तर, बंगलादेशको विगत केही दशकको कूटनीतिक चालले दाताहरूबिच राम्रो सन्तुलन कायम गरेको देखाउँछ। बङ्गलादेशमा पैसा पम्प गरेर चीनले वास्तवमा लामो समयदेखिको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रयास गरिरहेको छ। यद्यपि, त्यहाँ एक कथा छ कि बंगलादेश 'ऋण कूटनीति' को सिकार हुन गइरहेको छ, तर काउन्टर कथाले कसरी चिनियाँ 'सफ्ट-लोन' ले आर्थिक र राजनीतिक सुधारका लागि पश्चिमी दाताहरूको दबाब कम गर्छ भनेर वर्णन गर्दछ।

बंगलादेशले चिनियाँ लगानीलाई प्रतिस्पर्धी वातावरण सृजनाका साथै विद्यमान स्रोतहरूमा स्वागत गर्छ। बंगलादेशसँग चीनको ऋणको जाललाई ट्याग गरेर पूर्वनिर्धारित निष्कर्षमा पुग्नु अघि बंगलादेशका लागि कोषका विकल्पहरू धेरै सीमित छन् भन्ने कुरा मनमा राख्न आवश्यक छ। साथै, ऋणको सही सदुपयोग हुन नसके ऋण बोझ बन्ने गर्छ। आजसम्म बङ्गलादेशमा चिनियाँ लगानीमा सञ्चालित सबै परियोजनाहरू आर्थिक रूपमा सक्षम साबित भएका छन्। बंगलादेशले आर्थिक सम्झौता गर्दा आँखामा पट्टी बाँधेर सबै आदेश स्वीकार गरेको उदाहरण कतै छैन ।

बंगलादेशले कुनै पनि वित्तीय सम्झौता गर्नु अघि सावधानीपूर्वक वार्ता गर्न आवश्यक छ। सफ्ट-लोनमा बढी ध्यान केन्द्रित गर्न र परियोजनाहरूको समयमै कार्यान्वयन सुनिश्चित गर्न आवश्यक छ। पूर्वाधार विकासका लागि रकम लिनुका साथै बंगलादेशले पनि चीनको विकास अनुभवको फाइदा उठाएर बिन-विन स्थिति सिर्जना गर्न सक्छ। बंगलादेशको बृहत् आर्थिक व्यवस्थापन नीति चीनको 'ऋण-जाल'बाट बच्न पर्याप्त रूपमा विवेकपूर्ण छ ।

(लेखक हुसेन शज्जाद, एक रणनीतिक मामिला र विदेश नीति विश्लेषक हुन्। ढाका विश्वविद्यालयको अन्तर्राष्ट्रिय व्यापार विभागबाट  एमबिए पूरा गरेका उनीसँग [email protected] मा सम्पर्क गर्न सकिन्छ।)

प्रतिक्रिया दिनुहोस