
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत बन्नका लागि नेप्सेका कर्मचारीदेखि धितोपत्र बोर्डका अध्यक्षका आवेदकसम्मले आवेदन दिएका छन् ।
नेप्सेमा प्रमुख कार्यकार अघिकृत बन्नका लागि नेप्सेका कर्मचारी निरन्ज फुयाल र प्रविण पन्दाकले आवेदन दिएका छन् भने डा जिवन अम्गाइ र डा केशव श्रेष्ठभने धितोपत्र बोर्डको अध्यक्षमा समेत आवेदन दिएका व्यक्ति हुन । त्यस्तै, आरबीबी मर्चेन्ट बैकिंगका पूर्व सिइओ डा रमेशकुमार भण्डारी र वर्तमान सिइओ बद्रिप्रसाद प्याकुरेलले पनि नेप्सेको सिइओ पदका लागि आवेदन दिएका छन् ।
त्यस्तै, कृष्णबहादुर कार्की,दिपक गौतम,गोविन्द प्रसाद दाहाल,छविराज पन्त र रमेश घिमिरे गरि ११ जनालले आवेदन दिएका छन् । नेप्सेमा तत्कालिन सिइओ चन्द्रसिंह साउद सर्वोत्वम सिमेन्टको इन्साइडर कारोबार काण्डमा मुछिएपछि राजीनामा दिएपछि उक्त पद खालिरहेको छ ।
प्रतिक्रिया दिनुहोस