aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

सात महिनामा १० पटक इन्धनको मूल्य वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ कार्तिक २०७८
सात महिनामा १० पटक इन्धनको मूल्य वृद्धि

काठमाडौं । यो वर्षको सरकारले सात महिनामा १० पटक इन्धनको मूल्य बढाएको छ । सरकारले यो वर्ष मात्रै इन्धनको भाडा वैशाख ४ गतेदेखि कात्तिक २५ गतेसम्म १० पटक बढाएको हो । वैशाख ४ गते १२१ रुपैयाँ रहेको पेट्रोलको मूल्य कात्तिक २५ गते १०औँ पटक बढ्दा १३६ रुपैयाँ पुगेको छ ।  

वैशाखमा १०४ रुपैयाँ रहेको डिजेल र मट्टितेलको मूल्य ११९ रुपैयाँ पुगेको छ । त्यस्तै, कात्तिक २५ गते पुन इन्धनको मूल्य पेट्रोल, डिजेल र मट्टितेलमा तीन रुपैयाँ र खाना पकाउने ग्यासमा ५० रुपैयाँ मूल्य वृद्धि गरेको छ । 

प्रतिक्रिया दिनुहोस