aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

सडक डिभिजन कार्यालयका २ कर्मचारी घुससिहत पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ साउन २०७६
सडक डिभिजन कार्यालयका २ कर्मचारी घुससिहत पक्राउ

दमाैली । सडक डिभिजन कार्यालय दमौलीका कम्युटर अपरेटरसिहत २ जना घुससिहत पक्राउ परेका छन् ।

डिभिजन कार्यालयका कम्युटर अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका हुन् । उनीहरुले कार्यकक्षमै सेवाग्राहीसँग बार्गेनिङ गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराबाट पुगेको टोलीले उनीहरुलाई कार्यालय परिसरबाटै पक्राउ परेको हो ।

कम्युटर अपरेटर पौडेलसँग सेटिङ मिलाएर कन्सल्टेन्सीका शाहीले बिचौलियाको भूमिका निभाएका थिए । सडकको भुक्तानी दिने सन्दर्भमा उनीहरुले घुस मागेको अख्तियारको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

‘घुस मागेको सूचनाका आधारमा अख्तियारको टोली कार्यालय पुगेको थियो,’ अख्तियारका सूचना अधिकारी मेघनाथ रिजालले भने, ‘उनीहरुलाई परिसरबाटै पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाइएको छ ।’

प्रतिक्रिया दिनुहोस