aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

आज प्रदेश १ का मुख्यमन्त्री राईले विश्वासको मत लिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० कार्तिक २०७८
आज प्रदेश १ का मुख्यमन्त्री राईले विश्वासको मत लिँदै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार विश्वासको मत आज लिने भएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको थियो । पाँच दलीय गठबन्धनबाट मुख्यमन्त्री बनेका बनेका राई आज प्रदेशसभाको नियमावली अनुसार मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिन दिन पर्ने प्रवधान रहेको छ । सो प्रावधान अनुरुप आज दिउसो साढे १२ बजे बस्ने बैठकबाट विश्वासको मत लिनेछन् ।

पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा हाल कायम संख्या ९२ छ । गठबन्धनमा काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन् ।  मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन् । एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । त्यसैले सत्ता गठबन्धनले सजिलै विश्वासको मत आर्जन गर्ने अवस्था छ । 

प्रतिक्रिया दिनुहोस