aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

कर्णाली प्रदेशका नवनियुक्त कृषिमन्त्रीमा शाहीद्वारा शपथ ग्रहण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ मंसिर २०७८
कर्णाली प्रदेशका नवनियुक्त कृषिमन्त्रीमा शाहीद्वारा शपथ ग्रहण

काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । मन्त्री शाहीले कर्णाली प्रदेशका प्रमुख तिलक परियारसमक्ष मङ्गलबार शपथग्रहण गरेका हुन् । शाहीलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले मङ्गलबार नियुक्त गरेका थिए । मुख्यमन्त्री शाहीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा शाहीलाई नियुक्त गरेपछि प्रदेश सरकारको मन्त्रिपरिषद् दुई सदस्यीय बनेको छ ।

मन्त्री शाहीले मङ्गलबार नै पदबहाली गर्नुभएको छ । सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को संयुक्त बैठकले शाहीलाई मन्त्रीमा सिफारिस गरेको थियो । उनी नेकपा (एकीकृत समाजवादी) पार्टीबाट कर्णाली प्रदेशसभा सदस्य हुन् । 

प्रतिक्रिया दिनुहोस