aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
विप्लब समुहको अर्को दुर्घटना

धनगढीमा बम बिष्फोट, पाँच घाइते दुईको अवस्था गम्भीर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ साउन २०७६
धनगढीमा बम बिष्फोट, पाँच घाइते दुईको अवस्था गम्भीर

 

 कैलाली जिल्लाको धनगढीमा  बिहिबार साँझ शक्तिशाली बम विस्फोट भएको छ । बम विष्फोट हुँदा ५ जना घाइते भएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-३ शहीद गेटमा यो बिष्फोट भएको हो ।

घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको बताइएको छ । घाइते हुनेमा बझाङका राम सिंह,  कञ्चनपुरको बेलाैरी-५ का लक्ष्मण सेरला, माेबिन खान, जितेन्द्र यादव र धनगढी-४, बाेराडाडीका केशवराज पाण्डे रहेको खुलेको छ ।

स्थानीय निलम होटल अगाडि भएको विस्फोटमा घाइते पाण्डे सोही होटलका सञ्चालक हुन् । हाल उनीहरुको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ ।  अस्पताल पुर्याइएका घाइतेको शरीर नराम्ररी जलेको छ । 

स्थलमा एउटा घटनास्थलमा ९ एमएमको पेस्तोल समेत भेटिएको प्रहरीले जनाएको छ । सोहि आधारमा घटनामा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएकोगरेको छ। घाइते मध्ये सिंह र सेरला विप्लव समूहका सदस्य भएको प्रहरीले जनाएको छ । 

प्रारम्भिक छानबिनबाट टिफिन बक्समा राखिएको वस्तु पड्किएको देखिएको छ । प्रतिबन्धित विप्लव समूहले विष्फोट पदार्थ टिफिन बक्समा लुकाएर ओसार्न खोज्दा विस्फोट भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
 

प्रतिक्रिया दिनुहोस