aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

आजदेखि देशभरका जग्गाको भाउ बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ साउन २०७६
आजदेखि देशभरका जग्गाको भाउ बढ्यो

सरकारले साउन १ गतेदेखि लागु हुनेगरी देशभरका जग्गाको न्युनतम मुल्यांकन परिवर्तन गरेको छ। नयन मुल्यांकन अनुसार उपत्यकामा जग्गाको मूल्य ५ देखि २० प्रतिशत सम्म बढेको छ ।

नयाँ मुल्यांकन अनुसार बल्खु देखि बनस्थली समा चक्रपथसंग जोडिएका जग्गाको सरकारी मूल्य प्रतिआना ३५ लाख तोकिएको छ । रविभवन, टेकु, कालिमाटीमा रहेका जग्गाको भए १८ देखि ३३ लाख निर्धारण गरिएको छ।  

त्यसैगरी भुमि व्यवस्थापन विभागले घरजग्गा व्यवशायमा आवद्ध व्यक्ति तथा कम्पनीबाट जग्गा वा भवनको बिक्रि मुल्यमा थैली अंकको १ दशमलव ५ प्रतिशत पुँजीगत लाभ कर अग्रिम रुपमा उठाउन समेत निर्देशन दिएको समाचार आजको अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस