_20211118123048.jpg)
काठमाडौं । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायी र प्रहरीबिच झडप भएको छ । प्रधानन्यायधी चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।
कानुन व्यवसायीले मूलगेटमा धर्ना दिँदै आएका कारण जबरा वैकल्पिक ढोकाबाट अदालत प्रवेश गर्दै आएका छन् । प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउने तयारीका साथ आन्दोलनरत कानुनव्यवसायीलाई प्रहरीले रोकेपछि झडप भएको हो ।
प्रतिक्रिया दिनुहोस