
एजेन्सी । चीनको टेलिकम कम्पनी हुवावेले अब इलेक्ट्रिक कारको क्षेत्रमा पनि प्रभुत्व जमाउने भएको छ । कम्पनीले चीनको अटोमोबाइल कम्पनी च्याङगन अटो र क्याल्ट कम्पनी मिलेर उक्त कार बनाएका हुन ।
आफ्नो पहिलो इलेक्ट्रिक कार अब्टर ११ ब्राण्डले बजारमा आउने भएको हो । यस कारको विशेषता भनेको यो एकै पटक चार्जमा ७०० किलोमिटर दिने छ । यो पूर्ण विद्युतीय एसयूभी हुनेछ । यसमा २०० कडब्लूएनको उच्च भोल्टेजको सुपर चार्जेबल ब्याट्री समावेश भएको छ । जसले गर्दा यसले एक पटक चार्जमा ७०० पध्ज चार्ज गर्न सक्छ ।
साथै, यसमा ४०० विभिन्न प्रकारका इन्टेलिजेन्ट ड्राइभिङ फिचर दिइएको छ । यस कारको सबैभन्दा राम्रो कुरा यसको पिकअप हो । यसले ४ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति दिन सक्छ । चाइनापीइभीडट कमका अनुसार कम्पनीले यो कार २०२२ को दोस्रो त्रैमासिकमा आधिकारिक रूपमा सार्वजनिक गर्ने कार्यक्रम राखेको छ । अब्टर ११ को सम्भावित मूल्य चीनियाँ युआन तीन लाख रुपैयाँ पर्ने छ । अव्टर टेक्नोलोजीले आगामी ५ वर्षमा ४ वटा नयाँ कार लन्च गर्ने योजना बनाएको छ ।
प्रतिक्रिया दिनुहोस