
एजेन्सी । भारतको सर्वोच्च अदालतले नावालिकको स्तन कपडाले समात्नुलाई यौन उत्पीडन मानिने छैन भन्ने भारतको बम्बई उच्च अदालतको आदेशलाई खारेज गरेको छ । बम्बई उच्च अदालतको नागपुर बेञ्चका न्यायाधीश पुष्पा गनेडीवालाले पोक्सो ऐनलाई उल्लेख गर्दै यदि यस कानून अन्तर्गत छाला–देखि छालाको सम्पर्क गरिएन भने, यसलाई यौन उत्पीडन भनिने छैन भनिन् ।
सर्वोच्च अदालतका न्यायाधीश युयु ललित, एस रविन्द्र भाट र बेला त्रिवेदीको इजलासले ‘टच’ को अर्थ ‘छाला–देखि–छाला’ मा संकुचित गर्नाले भारतको पोक्सो ऐनको एकदमै संकीर्ण र हास्यास्पद व्याख्या निम्त्याउने टिप्पणी गरेका छन् । यसले बालबालिकालाई यौन उत्पीडनबाट जोगाउनको लागि लागू गरेको यस कानूनको उद्देश्यलाई हराउने बताएका छन ।
अदालतले कपडा वा अन्य कुनै लुगा लगाउने गलत नियतले बच्चालाई छुनु पनि पोक्स ऐन अन्तर्गत पर्दछ । अदालतले सरल शब्दको अर्थ बुझाउने प्रयास गर्नु हुँदैन । त्यस्ता संकीर्ण र रूढीवादी व्याख्याहरूले यो कानून बनाउने उद्देश्यलाई पराजित गर्नेछ भनेर ब्याख्या गरेको छ । गत जनवरी २७ मा सर्वोच्च अदालतले यस मुद्दामा उच्च अदालतको आदेशमा रोक लगाएको थियो जसमा अभियुक्तलाई सफाइ दिएको थियो ।
घटना भातरको नागपुरको हो । त्यहाँ बस्ने १६ वर्षीया युवतीका तर्फबाट मुद्दा दायर गरिएको थियो । घटनाका बेला उनी १२ वर्षका थिए भने आरोपी ३९ वर्षका थिए । पीडितका अनुसार सन् २०१६ को डिसेम्बरमा आरोपी सतिशले उनलाई खानेकुरा दिने बहानामा घरमा लगेका थिए । उनको स्तन छुने र लुगा लगाइदिने प्रयास गरेका थिए । अदालतले उनलाई यस मुद्दामा पोक्सो कानून अन्तर्गत तीन वर्ष र आईपीसीको धारा ३५४ अन्तर्गत एक वर्षको सजाय सुनाएको थियो ।
प्रतिक्रिया दिनुहोस