aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

भारतको केन्द्रीय बैंकले अर्को वर्ष डिजिटल मुद्रा शुरु गर्ने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ मंसिर २०७८
भारतको केन्द्रीय बैंकले अर्को वर्ष डिजिटल मुद्रा शुरु गर्ने तयारी

एजेन्सी । भारतीय रिजर्व बैंक (आरबीआई) ले अर्को वर्ष डिजिटल मुद्रा सुरु गर्न सक्ने संभावना बढेको छ । यसका लागि उनी निरन्तर काम गरिरहेका छन् । डिजिटल करेन्सी शुरु गर्ने योजना पनि बनाएका छन् ।

 स्टेट बैंक अफ इन्डिया (एसबीआई) को ’बैंकिङ एण्ड इकोनोमिक कन्क्लेभ’ मा एक वरिष्ठ केन्द्रीय बैंक अधिकारीले स्थानीय अखबारलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ । बिजनेस स्ट्यान्डर्डले आरबीआईको भुक्तानी र सेटलमेन्ट विभागका प्रमुख महाप्रबन्धक पी. वासुदेवनलाई उद्धृत गर्दै लेखेको छ, “आगामी वर्षको पहिलो त्रैमासिकमा प्रायोगिक आधारमा डिजिटल मुद्रा अर्को वर्षको पहिलो त्रैमासिकमा जारी गर्न सकिन्छ ।’’

आरबीआईले अर्को वर्षको पहिलो त्रैमासिकमा केन्द्रीय बैंक डिजिटल मुद्राहरू (सिबीडीसीएस) सुरु गर्न सक्छ । यी डिजिटल वा भर्चुअल मुद्रा हुनेछन् । यसअघि आरबीआई गभर्नर शक्तिकान्त दासले अर्को वर्ष डिसेम्बरसम्म (सिबीडीसीएस)को सफ्ट लन्च गर्ने सम्भावना व्यक्त गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस