aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

प्यान दर्ता तत्काल सम्भव छैन : महासंघ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ साउन २०७६
प्यान दर्ता तत्काल सम्भव छैन : महासंघ

नेपाल घरेलु तथा साना उद्योग महासंघले तत्काल प्यान दर्ता गरी बैंकमार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागू गर्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन आग्रह गरेको छ।

२०७६÷७७ देखि निजी क्षेत्रमा काम गर्ने सबै कर्मचारी र मजदुरलाई अनिवार्य ९प्यान दर्ता गरी बैंकमार्फत तलब भुक्तानी गर्ने व्यवस्था लघु, घरेलु तथा साना उद्योगमा तत्काल लागू गर्ने अवस्था नरहेको महासंघले जनाएको छ।

साथै सामजिक सुरक्षा कोषको व्यवस्था पनि पहिले ठूला र मझौला उद्योगमा लागू गरी त्यसको व्यावहारिक अनुभवबाट मात्र क्रमशः लघु, घरेलु तथा साना उद्योगमा लागू गर्न श्रम मन्त्रालय र निजी क्षेत्रबीच मौखिक सहमति भएको पुष्ठभुमिमा यस्ता उद्योगमा काम गर्ने कर्मचारी र मजदुरलाई प्यान दर्ता गर्ने प्रयोजनको तयारीका लागि ६ महिना अवधि उपलब्ध गराउन महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले आग्रह गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस