aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

युनेस्को कार्यकारी बोर्डमा पुनः भारत निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ मंसिर २०७८
युनेस्को कार्यकारी बोर्डमा पुनः भारत निर्वाचित

नयाँ दिल्ली । भारत २०२१–२५ कार्यकालका लागि युनेस्को कार्यकारी बोर्डमा पुनः निर्वाचित भएको छ। युनेस्को संयुक्त राष्ट्र संघको तीन संवैधानिक निकायहरूमध्ये एक हो।यस बारे जानकारी दिँदै, पेरिसमा युनेस्को का भारतीय स्थायी प्रतिनिधिमण्डलले ट्वीटमा भनेका छन्  । भारत २०२१–२५ अवधिको लागि १ सय ६४ मत प्राप्त गरेर युनेस्कोको कार्यकारी बोर्डमा पुनः निर्वाचित भएको छ।

विदेश मन्त्री एस जयशंकरले पनि ट्वीटरमा विदेश मन्त्रालयका कर्मचारी र युनेस्को का भारतीय स्थायी प्रतिनिधिमण्डलको ूराम्रो कामू को प्रशंसा गरेका छन्। अर्कोतर्फ भारतको निर्वाचनमा प्रतिक्रिया दिँदै संस्कृति तथा विदेश राज्यमन्त्री मीनाक्षी लेखीले भारतको उम्मेदवारीलाई समर्थन गरेकोमा सदस्य राष्ट्रलाई धन्यवाद दिएकी छिन् ।

उनले ट्वीटरमा लेखेकी छिन्, ‘भारतले युनेस्कोको कार्यकारी बोर्डमा स्थान बनाएको जानकारी दिन पाउँदा खुसी लागेको छ। हाम्रो उम्मेदवारीलाई समर्थन गर्ने सबै सदस्य देशहरूलाई हार्दिक बधाई र धन्यवाद।’

 युनेस्को कार्यकारी बोर्ड संयुक्त राष्ट्र संघको तीन संवैधानिक अंगहरू मध्ये एक हो (न्यहरू सामान्य सम्मेलन र सचिवालय हुन्) र यसलाई सामान्य सम्मेलनद्वारा चुनिन्छ। युनेस्को कार्यकारी बोर्डमा ५८ सदस्य(राष्ट्रहरू छन् जसमा प्रत्येकका लागि चार वर्षको कार्यकाल हुन्छ। युनेस्को मा १९३ सदस्य राष्ट्र सम्मिलित छन्। इण्डियान्ष्युज नेटवर्क

प्रतिक्रिया दिनुहोस