
नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार सबै लोकतान्त्रिक राष्ट्रहरूलाई क्रिप्टो मुद्रा गलत हातमा नपुगोस् भनेर सुनिश्चित गर्नुपर्ने र त्यसका लागि सबै मुलुक सहकार्य गर्नुपर्ने बताएका छन्। यसले युवाहरूलाई बिगार्न सक्ने चेतावनी पनि उनले दिएका छन्।
प्रधानमन्त्रीले अष्ट्रेलियाली रणनीतिक द्वारा आयोजित सिड्नी संवादमा भने, ‘उदाहरणका लागि क्रिप्टो मुद्रा वा बिटक्वाइन लिनुहोस्। सबै लोकतान्त्रिक राष्ट्रहरूले क्रिप्टो मुद्रा गलत हातमा नपुगोस् भनेर सुनिश्चित गर्नुपर्दछ र त्यसका लागि सबै मुलुक सहकार्य गर्नुपर्दछ। यसले युवाहरूलाई बिगार्न सक्छ।’ूविश्वसनीय उत्पादन आधार र भरपर्दो आपूर्ति शृङ्खलाहरू विकास गर्नुपर्दछ र साइबर सुरक्षामा खुफिया र परिचालन सहयोगलाई गहिरो बनाउनु पर्दछ। यसरी हामी महत्त्वपूर्ण सूचना पूर्वाधारको रक्षा गर्न सक्नेछौं।, प्रधानमन्त्रीले विश्वका लोकतान्त्रिक देशहरूलाई आग्रह गरे।
उनले उनीहरूलाई ूसार्वजनिक रायको हेरफेर रोक्नस हाम्रो लोकतान्त्रिक मूल्यमान्यतासँग सुसंगत प्राविधिक र शासन स्तर र मापदण्डहरू विकास गर्नस र, तथ्यांक शासन र तथ्याङ्क को सुरक्षा गर्न सीमापार प्रवाहका लागि मापदण्ड सिर्जना गर्न आग्रह गरेका थिए यसले राष्ट्रिय अधिकारलाई पनि मान्यता दिनुपर्ने र एकै समयमा व्यापार, लगानी र बृहत् सार्वजनिक हितलाई प्रवर्द्धन गर्नुपर्ने पनि उनले बताए।
उनले भने, ‘हामी परिवर्तनको समयमा छौं जुन युगमा एकपटक हुन्छ। डिजिटल युगले हाम्रो वरिपरि सबै कुरा परिवर्तन गरिरहेको छ। यसले राजनीति, अर्थतन्त्र र समाजलाई पुनस् परिभाषित गरेको छ।’ भारतमा पाँचवटा महत्त्वपूर्ण परिवर्तन भइरहेका छन्। ‘एक, हामी विश्वको सबैभन्दा व्यापक सार्वजनिक सूचना पूर्वाधार निर्माण गर्दैछौं। १.३ अर्बभन्दा बढी भारतीयहरूको एक अद्वितीय डिजिटल पहिचान छ। हामी ६ लाख गाउँलाई इन्टरनेट को माध्यमबाट जोड्ने प्रयास मा छौं । हामीले विश्वको सबैभन्दा कुशल भुक्तानी पूर्वाधार, युपिआई निर्माण गरेका छौं।’
उनले भने, ‘हामी सुशासन, समावेशीकरण, सशक्तीकरण, सम्पर्क, लाभको वितरण र कल्याणका लागि डिजिटल प्रविधि प्रयोग गरेर जनताको जीवन परिवर्तन गर्दैछौं।भारतसँग विश्वको तेस्रो ठूलो र सबैभन्दा छिटो बढ्दो स्टार्टअप वातावरण छ। हरेक हप्ता नँया व्यवसाय को निर्माण हुँदै छ। उनीहरूले स्वास्थ्य र शिक्षादेखि राष्ट्रिय सुरक्षासम्म सबै कुराको समाधान उपलब्ध गराउँदै आएको छ। भारतको उद्योग, सेवा क्षेत्र र कृषिमा पनि ठूलो डिजिटल रूपान्तरण भइरहेको छ। भारतलाई भविष्यका लागि तयार गर्न ठूलो प्रयास भइरहेको छ।’
५ जी र ६ जी जस्ता दूरसंचार प्रविधिमा स्वदेशी क्षमताहरू विकास गर्न लगानी गनै भारत कृत्रिम बुद्धिमत्ता विशेष गरी मानव(केन्द्रित र कृत्रिम बुद्धिको नैतिक प्रयोगमा अग्रणी राष्ट्र बनेको छ। हामी क्लाउड मञ्च र क्लाउड कम्प्युटिङमा बलियो क्षमताहरू विकास लागि परेको समेत बताए । ूअब, हामी हार्डवेयरमा ध्यान केन्द्रित गरिरहेका छौं। हामी सेमीकन्डक्टरहरूको प्रमुख निर्माता बन्न प्याकेज तयार गर्दैछौं। इलेक्ट्रोनिक्स र दुरसञ्चार मा हाम्रो उत्पादन योजनाहरूले पहिले नै स्थानीय र विश्वव्यापी लगानीकर्ता लाई भारतमा आधारहरू स्थापना गर्न आकर्षित गरिरहेका छन्।ू
“भारतमा हामीले तथ्यांक सुरक्षा, गोपनीयता र सुरक्षाको बलियो ढाँचा बनाएका छौं। र, एकै समयमा, हामी मानिसहरूको सशक्तिकरणको स्रोतको रूपमा तथ्यांक प्रयोग गर्छौं। भारतसँग व्यक्तिगत अधिकारको बलियो सुरक्षा छ र लोकतान्त्रिक ढाँचामा यो गर्ने अतुलनीय अनुभव छ। इण्डिया न्युज नेटवर्क
प्रतिक्रिया दिनुहोस