
एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार फरार उद्योगीहरूलाई चेतावनी दिएका छन् । ’बिल्ड सिनर्जी फर सिमलेस क्रेडिट फ्लो एण्ड इकोनोमिक ग्रोथ’ सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै, प्रधानमन्त्रीले भने, फरार आर्थिक अपराधीहरूलाई भारत फिर्ता ल्याउन कूटनीतिक र अन्य माध्यमहरू प्रयोग गरिरहेको छ ।’
मोदीले भने, ’सरकारले ऋण चुक्ता गर्नेहरूबाट करिब ५ लाख करोड रुपैयाँ बरामद गरेको छ । बैंकको बारेमा कुरा गर्दै मोदीले भने, ‘सन् २०१४ अघि जति समस्या थिए । चुनौती थियो । हामीले एक–एक गरेर समाधान गर्ने उपाय खोजेका छौं । हामीले एनपीएको समस्या समाधान गर्छौ । बैंकहरूलाई पूँजी उपलब्ध गरायौं र तिनीहरूको बल बढायौं ।’
मोदीले आफ्नो सम्बोधनमा कसैको नाम भने भनेनन्, तर उनले विजय माल्या र नीरव मोदीजस्ता ठूला आर्थिक अपराधीहरूलाई उल्लेख गरेका थिए । रक्सी व्यापारी विजय माल्यालाई सन् २०१९ मा मुम्बईको स्पेशल प्रिभेन्सन अफ मनी लान्ड्रिङ एक्ट (पीएमएलए) अदालतले पहिलो पटक अपराधी घोषित गरेको थियो । विजय माल्याले १७ वटा बैंकबाट करिब ९ हजार करोड रुपैयाँ ऋण लिएका थिए । विजय माल्या मार्च २, २०१६ देखि देशबाट फरार छन् ।
२०१९ को अन्तमा, फरार हीरा व्यापारी नीरव मोदीलाई पनि मुम्बईको एक अदालतले फरार आर्थिक अपराधी घोषित गरेको थियो । नीरव मोदी फरार आर्थिक अपराधी घोषित हुने भारतका दोस्रो व्यक्ति थिए। नीरव मोदीमाथि पञ्जाब नेशनल बैंक (पीएनबी) मा १४ हजार करोड रुपैयाँ घोटाला गरेको आरोप छ । उनी सन् २०१८ जनवरी १ देखि देशबाट फरार छन् । एक फरार आर्थिक अपराधीे विरुद्ध एक गिरफ्तारी वारेन्ट जारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस