aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

विमान स्थलबाट २ किलो सुनसहित दुई यात्रु पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ मंसिर २०७८
विमान स्थलबाट २ किलो सुनसहित दुई यात्रु पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित एक जना पक्राउ परेका छन । विमानस्थल प्रहरीका अनुसार शुक्रबार दुबईबाट आएका दुई यात्रुको साथबाट सुन बरामद भएको हो।

पक्राउ गरेका दुबै जनालाई अनुसन्धानका लागि पठाएको र बरामद भएको सुन परिक्षणमा पठाएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार सुन काचो सुन ल्याएर अन्य सामान बनाउनका लागि ल्याइएको हुनसक्ने बताएको छ । 

दुबईबाट नेपाल आउने कामदार वा अन्य सुन तस्करहरुले नेपाली कामदारलाई सुन बोकाएर पठाउने गिरोहहरु धेरै भएकाले नेपाली कामदारहरुलाई भरिया बनाएर ल्याउने गरिएको छ । 

प्रतिक्रिया दिनुहोस