aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

‘द भ्वाइस किड्स नेपाल’को एक मात्र भोटिङ पार्टनर ‘खल्ती’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ मंसिर २०७८
‘द भ्वाइस किड्स नेपाल’को एक मात्र भोटिङ पार्टनर ‘खल्ती’

काठमाडौं । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले ‘द भ्वाइस किड्स नेपाल’सँग एक मात्र भोटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ । कार्यक्रम कात्तिक २६ गतेबाट औपचारिक रुपमा हिमालय टिभीमा प्रसारण भएको थियो र अहिले सम्म मा थुप्रै फ्यान बटुलिसकेको छ । 

कार्यक्रममा प्रशिक्षक/निर्णायकको रूपमा गायक प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारी र मिलन नेवार छन् । यसबारे ‘खल्ती’का सह–संस्थापक अमित अग्रवालले भने, “हामी ‘हिमालयन टिभी’ र ‘द भ्वाइस किड्स नेपाल’ सँग यस कार्यक्रमको पहिलो संस्करणको लागि साझेदारी गर्न पाउँदा उत्साहित छौं । ‘द भ्वाइस किड्स नेपाल’ लाई हाम्रो देशको सांस्कृतिक तथा सांगीतिक परिवेश झल्काउदै यहाँ रहेको अथाह प्रतिभा देखाउन अवसर दिने एक उत्कृष्ट मञ्चको रुपमा हामीले लिन सक्छौं ।”

२० लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले विगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तर रुपमा योगदान पुर्याउदै आइरहेको छ । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । 

प्रतिक्रिया दिनुहोस