
काठमाडौं । मन्त्रीपरिषदले विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनका लागि एसियाली बैंकबाट प्राप्त हुने थप ऋण सहायता अमेरिकी डलर ६० मिलियन स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विद्युत ग्रीडको एसियाली विकास बैंकको ऋण स्वीकार गर्ने निर्णय गरहेको हो ।
त्यस्तै, भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रय संघीय महासन्धिको पक्ष राष्ट्रहरूको इजिप्टमा हुने नवौँ सम्मेलनमा भाग लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राई नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।
नेपाल चार्टर एकाउन्टेन संस्थाको पार्षदमा नायब महालेखा परिक्षक बैकुण्ठ बहादुर अधिकारी, सहसचिव बाबुराम सुवेदी र सह महालेखा नियन्त्रक उमाकान्त आचार्यलाई मनोनयन गरेको छ । भने मोरोक्कोमा आयोजना हुने इन्टरनेशनल एक्जुकेटिभ काउन्सिल अफ सम्मेलनमा उर्जा जलस्रोत तथा सिचाइ मन्त्रालयका सचिव सागर कुमार राईलाई सहभागी हुन स्वीकृत दिएको छ ।
त्यसैगरि, एसियन अफ्रिकन लिगल कन्सनटेटिभ अर्गनाइजेसनको ५९औँ वार्षिक सभामा भाग लिन कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुको नेतृत्वको प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ ।
पशुकल्याण विधेयक तयार गर्न सैद्धान्तिक सहमति दिएको छ । पशुप्रति हुने निदर्यी व्यवहार रोक्नका लागि समिति गठन गर्ने गरेको छ । भने संक्रामक पशु रोग नियन्त्रण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने गरेको सरकारका प्रवक्ता कार्कीले बताए ।
त्यस्तै, आगामी माघ १२ गते राष्ट्रिय सभाको सदस्य निर्वाचन मिति तोक्ने समेत निर्णय गरेको उनले बताए । दक्षिण कोरियामा हुने युएन पिस किप इन मिनिस्टरीयल मिटिङमा भाग लिन रक्षामन्त्री डा. मिनेन्द्र रिजाल नेतृत्वको प्रतिनिधि मण्डल पठाउन स्वीकृति दिएको उनले जानकारी गराए ।
नेपाल स्वास्थ्य सेवाको अधिकृत १२औँ तहमा डा श्याम सुन्दर यादव, डा भीमसिंह तिङकरी, डा गुणराज लोहनीलाई बढुवा गरेको छ । लोक सेवा आयोगको सिफारिस बमोजिम राजपत्राङ्कीत प्रथम श्रेणीका पदहरूमा नियुक्त गर्ने गरेको हो ।
प्रतिक्रिया दिनुहोस