aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

भारतीय शेयर बजारका लगानीकर्ताले पेटीएमको शेयरबाट ३८ हजार करोड गुमाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ मंसिर २०७८
भारतीय शेयर बजारका लगानीकर्ताले पेटीएमको शेयरबाट ३८ हजार करोड गुमाए

एजेन्सी । भारतीय शेयर बजारमा पेटीएम आईपीओको डेब्यू राम्रो हुन सकेन । हालसम्म भारतकै सबैभन्दा ठूलो आईपीओ ल्याए पनि कम्पनीको शेयर सूचीकरण निकै कमजोर रहँदा कारोबारको अन्त्यमा कम्पनीको शेयरमूल्य २७ प्रतिशतभन्दा बढीले घटेको थियो । 

यसको असर लगानीकर्ताको सम्पत्तिमा देखिएको छ । आईपीओका लागि पेटीएमले शेयरको उच्च मूल्य २ हजार १५ सय रुपैयाँ राखेको थियो । तर, बिहीबार कम्पनीको सेयर सूचिकृत हुँदा पहिलो दिन नै ठूलो गिरावट देखियो । 

फलस्वरुप बीएसईमा  ५८५.८५ रुपैयाँ अर्थात २७.२५ प्रतशित गिरावटमा बन्द भयो । यसरी कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्ताको सम्पत्तिबाट ३८ हजार करोड रुपैयाँ भारु कम भएको छ । 

 
 

प्रतिक्रिया दिनुहोस