
सामाजिक सुरक्षा नपाएको भन्दै जुम्लाको तिला गाउँपालिकाका तीन वटा वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
सामाजिक सुरक्षा भत्ता पाउनको लागि दबाव दिने उद्देश्यले तालाबन्दी गरिएको स्थानीय ज्येष्ठ नागरिकले बताएका छन् । तिला गाउँपालिकाले चैत महिना देखिको समाजिक सुरक्षा भत्ता वितरण गरिएको छैन् ।
सामाजिक सुरक्षावापत राज्यले प्रदान गर्ने रकम स्थानीय सरकारले दिन आनाकानी गरेको ज्येष्ठ नागरिकको गुनासो छ । ज्येष्ठ नागरिक भत्ताका लागि बारम्बार आग्रह गर्दा पनि वडा कार्यालयले नदिएको आरोप ज्येष्ठ नागरिक मनिनाथ योगीको छ । ‘बारम्बार भत्ता माग्न जाँदा पनि दिएनन् ’ उनले भने, ‘ त्यसपछि हामी आन्दोलन गर्न बाध्य भयौं ।
उनका अनुसार गाउँपालिकाले विगत चार महिनादेखि ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराएको छैन् । आर्थिक वर्ष सकिँदा समेत भत्ता वितरण नहुँदा अझै अन्यौलता बढेको छ ।
लामो समयसम्म पनि भत्ता रकम वितरण नभएको भन्दै भष्टचार भएको हुन सक्ने आंशका उनीहरुले गरेका छन् । कर्मचारीको ढिलासुस्तीका कारण भत्ता वितरण हुन नसकेको गाउँपालिकाले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस