काठमाडौं । चाबहिलस्थित ओम अस्पताल एन्ड रिसर्च सेन्टरको स्वामित्वमा रहेको ओम हेल्थ क्याम्पसमा विक्री गर्ने भएको छ । विद्यार्थीको अभाव हुँदै जान थालेपछि व्यवस्थापन पक्ष कलेज नै बिक्री गर्ने निष्कर्षमा पुगेको हो । गोपीकृष्ण चोकमा रहेको होम हेल्थ क्याम्पस बिक्रीमा राखिएको छ । पुरानो नर्सिङ क्याम्पसमध्येको ओम हेल्थ क्याम्पस २०५५ सालमा ९ करोड लगानीमा शुरु गरिएको थियो ।
चावहिलको गोपीकृष्ण चोक नजकिकै १०१ आना क्षेत्रफलमा फैलिएको सात तले यस क्याम्पस पूर्वाञ्चल विश्वविद्यालयको स्वीकृति लिएर बिएस्सी नर्सिङ र बीएन नर्सिङ अध्यापन हुँदै आइरहेको छ । यस्तै, सिटीईभिटी अन्तर्गतको पिसिएल नर्सिङ पढाइ पनि हुन्छ । पूर्वाञ्चल विश्वविद्यालयकै बिपिएच कार्यक्रम पनि यस क्याम्पसमा चलिरहेको छ ।
यस हस्पिटलका भवनहरु, ब्रान्ड, विद्यार्थी, शैक्षिक कार्यक्रम सबै एकमुष्ठ बिक्री गर्नुपर्दा एक अर्बभन्दा बढी मूल्यांकन हुने बता कलेजले बताएको छ । कलेज आर्थिक संकटमा फसेपछि शैक्षिक कार्यक्रम सहित नै कलेज बिक्री गर्न व्यवस्थापन तयार छ ।
प्रतिक्रिया दिनुहोस