aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

खसी हिँडाएको कर एक सय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ साउन २०७६
खसी हिँडाएको कर एक सय

बैतडी जिल्लामा गाई, भैंसी, खसी, बोकामा पनि कर लगाउने गरिएको छ । पशु चौपाया खरिद बिक्री गरेर एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा बाटोमा पर्ने गाउँपालिका तथा वडा कार्यालयले यस्तो कर उठाउने गरेको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिकाले यस्तो निर्णय गरेपछि सो गाउँपालिका भएर खरिद बिक्री गर्दा यस्तो कर तिर्नुपर्ने बाध्यता स्थानीयवासीलाई भएको छ । सो गाउँपालिकाबाट खसी किनेर अर्को गाउँपालिका लैजाँदै गर्दा बाटोमा पर्ने पञ्चेश्वर गाउँपालिकाको एउटा वडा कार्यालयले प्रति खसीको एक एक सय रुपियाँका दरले कर असुल गरेपछि सो कर फिर्ता गरी पाउँ भनि स्थानीयवासीले गाउँपालिकामा निवेदन दिएका छन् ।
 
पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष मीनबहादुर चन्दले गाउँसभाबाट निर्णय भए अनुसार खसीकाृ कर लिएको स्वीकार गर्नुभएको खबर  आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस