aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

३७ अर्ब पुग्यो वायुसेवा निगमको घाटा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ साउन २०७६
३७ अर्ब पुग्यो वायुसेवा निगमको घाटा

प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा ११ महिनाअघि राष्ट्रिय ध्वजावाहक नेपाल बायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका मदन खरेलले निगमको साख सुधार गरेर व्यापार बढाउने अपेक्षा गरिएको थियो ।

तर पछिल्लो समय निगम झन् धराशयी बन्दै गएको छ । निमगले जहाज खरिदगर्न सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको २४ अर्ब ऋणको किस्ता तिर्न सकेको छैन । घाटा ३७ अर्ब रुपैयाँ पुगेको छ ।

निगमसँग भएका १३ वटा जहाजमध्ये सात वटाले मात्र उडान भरिरहेका छन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस