aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

‘भीम रावलको कार्यक्रमको लागि पार्टी कार्यालयमा स्थान छैन’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ मंसिर २०७८
‘भीम रावलको कार्यक्रमको लागि पार्टी कार्यालयमा स्थान छैन’

काठमाडौं । आइतबार एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आज विशेष पत्रकार सम्मेलन गरेर १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । 

उम्मेदवारी घोषणा गर्दै रावलले पार्टी कार्यालयमा आफ्नो कार्यक्रमको लागि स्थान नपाएको पनि गुनासो गरे । उनले भने, ‘आज मैले गर्न लागेको कार्यक्रमको लागि पार्टीका महासचिवलाई खबर गरेको थिए । महासचिवज्यूले कार्यक्रमका लागि कुनै कोठा खाली नभएको भन्नुभयो । पार्टीको महाधिवेशनका कारण सबै हलहरु व्यस्त रहेका कारण तपाईको कार्यक्रमको लागि स्थान छैन भन्ने खबर पाएपछि पार्टी कार्यालय बाहिर मेरो उम्मेदवारी घोषणा गर्न बाध्य भए ।’

उनले आइतबार रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । एमाले संस्थापनले महाधिवेशनबाट अध्यक्षसहितको पदाधिकारी सर्वसम्मतरुपमा छान्ने कसरत गर्दै आएको छ । तर रावलको यो घोषणाले ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का लाग्ने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस