aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

फेसबुकले बढायो बालबिबाह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ साउन २०७६
फेसबुकले बढायो बालबिबाह

डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ७ की १५ वर्षीया पार्वती विष्ट (नाम परिवर्तन) स्थानीय विद्यालयमा कक्षा ८ मा पढ्दै गर्दा मागेर विवाह गर्नुप¥यो । फेसवुकबाट चिनजान भएको केटासँग माया प्रेम बढ्दै गएपछि विष्टको सम्बन्ध विवाहमा परिणत भयो ।

त्यसैगरी डोटीको बडिकेदार गाउँपालिका वडा नं. ४ मान्नाकापडी गाउँका १७ वर्षिय दीपक (नाम परिवर्तन) ले छिमेकी गाउँकी १४ वर्षिया शर्मिलासँग मोबाइलको कुराकानीबाट शुरु हुँदै फेसवुकसम्मको सम्बन्ध बिहेमा परिणत गर्नुभयो । यद्यपी ती जोडीको बिहेलाई परिवारले स्वीकार गर्न सकेको छैन ।

माथि उल्लेखित घटना केही उदाहरण मात्रै हुन । प्रविधिको विकाससँगै बालबालिकाको मोबाइल र सामाजिक सञ्जालमा सहज पहुँच भएको छ । सामाजिक सञ्जाल र मोबाइल फोनमा बालबालिकाको सहज पहुँचले बालबिबाह अन्त्य गर्नमा चुनौति थपिदिएको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस