aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

दुबईमा म्याजिक पेनबाट लेखिएका चेक आतंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ मंसिर २०७८
दुबईमा म्याजिक पेनबाट लेखिएका चेक आतंक

एजेन्सी । युनाइटेड अरब इमिरेट्स पुलिसले म्याजिक पेनले चेक लेख्नेलाई चेतावनी दिएको छ । चेक रकम र अन्य विवरणहरू अरू ’जादुई कलम’ प्रयोग गरिरहेकालाई प्रहरीले चेतावनी दिएको हो । 

‘म्याजिक पेन’ घोटालाको शिकार हुने २० वटा घटनालाई औंल्याउँदै दुबई प्रहरीले ‘जादुई कलम’ गैरकानूनी भएको बताएको छ । उक्त पेनमा एक प्रकारको मसी हुन्छ जुन २० मिनेटदेखि दुई घन्टामा उक्त चेकमा लेखिएका सबै हराउँछ ।

‘म्याजिक पेन’ विभिन्न प्रकारका कार, वस्तु खरिद वा ऋण तिर्न जस्ता कारोबारमा प्रयोग गरिएको पाइएको दुर्वइ प्रहरीले जनाएको छ । २०२० मा म्याजिक पेन प्रयोग गरि ठगीका धेरै केसहरू आएकाले दुबई पुलिसले उक्त चेकको फरेन्सिक साइन्स एन्ड क्रिमिनोलजीको जनरल डिपार्टमेन्टका कागजात स्क्यान सेक्सनमा अनुसन्धान गर्न पठाएको छ । उक्र विभागका निर्देशक लेफ्टिनेन्ट कर्नल डा अली खलिफा अल फलासीका अनुसार चेक केसहरू लाखौं डिरहामको ठगी भएको बताएका छन ।

 उन्नत प्रविधि भएका हाम्रा विज्ञहरूले चेकमा हस्ताक्षर र अन्य विवरणहरू प्रमाणित गरेर जालसाजी पत्ता लगाउन सफल भएको उनले बताएका छन । चेक वा कागजातहरूमा हस्ताक्षर गर्दा र लेख्दा मानिसहरूले आफ्नै कलम प्रयोग गर्नुपर्छ र अरूले लेखेका चेकहरूमा आफ्नो हस्ताक्षर कहिल्यै नगर्न पनि सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस