
काठमाडौं ।परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन संरक्षक परिषदमार्फत मात्र गर्न गराउन निर्देशन दिएको छ। मन्त्रालयले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदलाई पत्र जारी गर्दै वर्तमान कार्यसमितिलाई निर्बाचन गर्न रोक लगाएको हो।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदलाई जारी गरेको पत्रमा संघमा देखिएका विवादहरुको समाधान गरी सन् २०२१ भित्र संघको दशौं अन्तर्राष्ट्रिय महाधिबेशन सम्पन्न गर्न निर्देशन दिइएको छ।
एनआरएनए अध्यक्ष कुमार पन्तले परराष्ट्रको निर्देशन सिधैं राजनीतिक हस्तक्षेप भएको भन्दै विधान विपरीतको निर्देशन कुनै पनि हालतमा नमान्ने बताएका छन्।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिले दशौं अन्तर्राष्ट्रिय महाधिवेशन डिसेम्बरको १९ र २० तारेखमा काठमाडौंमा गर्ने तय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस