aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जीप दुर्घटना, २ जनाको मृत्यु १२ घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ साउन २०७६
जीप दुर्घटना, २ जनाको मृत्यु १२ घाइते

बाजुरा । बाजुरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बाजुराको पिलुचौरबाट कालिकोटको लालीघाटतर्फ जाँदै गरेको जिप जगन्नाथ गाउपालिका वडा–५ भुकाँ खोला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा जीपका चालक र एक जना यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । हालै निर्माण भएको कर्णाली करिडोरको सो कच्ची बाटोमा जीप र ट्याक्टर चल्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस