
काठमाडौं । नेपाली कांग्रेस बागमति प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा बानियाँ सर्वाधिक मतसहित उक्त पदमा निर्वाचित भएका हुन् ।
उक्त क्षेत्रबाट महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुल्लातर्फ खसेको कूल ७४१ मत मध्ये सर्वाधिक ६८६ मत ल्याएर बानियाँ निर्वाचित भएका हुन् । कूल मतदाता संख्या ७८६ रहेका थिए । जसमा ४६ जनाको मत बदर भएको थियो ।
त्यस्तै, प्रत्यक्ष खुल्लातर्फबाटै आनन्दराम पराजुली, अमृतकुमार लामा, विष्णु कुमार लामिछाने, दिनेश उपाध्याय, रघुरमण न्यौपाने, प्रभात कुमार दाहाल, माइक रामचन्द्र अर्याल, राम बाबु बानियाँ र ताराचन्द्र बजगाईँ निर्वाचित भएका छन् भने खुल्ला महिला तर्फ उर्मिला पुलामी, प्रवित्रा बिक, अञ्जना उपाध्याय र मिरा बन्जारा निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस