
काठमाडौं । माओवादीका कारण मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास नभएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बताएका छन् । मंगलबार माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका पौडेलले प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितीको तेस्रो अधिबेशनलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।
मन्त्रि पौडेलले एमसीसीमा भएका केही बुदाँहरु देशको सार्वभौमिकतासँग बाझिने भएकाले एमसीसीका ती बुँदाहरु संशोधन नभएसम्मका लागि माओवादीले नै पछि धकाल्दै लगेको बताए। उनले भने, ‘माओवादीले अहिलेसम्म राष्ट्रलाई क्षेती पुग्ने कुनै पनि प्रकारको असमान सन्धिमा हस्ताक्षर गर्ने गम्भीर गल्ती गरेको छैन् र अहिले यहि अबस्थामा एमसीसी संसदमा आयो र हाम्रै कारणले एमसीसीलाई धकाल्दै लागेका छौँ। माओवादीले आफ्नो अडान नराखेको भए यो पास भइसक्थ्यो । एमसीसीका केहि बुँदा हाम्रो राष्ट्र, सार्वभौमिकता, अखण्ड राष्ट्रका नीतिहरुसँग मेल खाने प्रकृतिका छैनन् ।’
गणतन्त्रबाट प्राप्त उपलब्धिको रक्षाका पत्रकारहरु खरो रुपमा उत्रनु पर्ने मन्त्री पौडेलले बताए। देशमा हुने गरेका साना ठुला सबै खाले भ्रष्ट्राचार ,अनिमितता तथा कालोबजारी अन्त्य गर्नका लागि पत्रकारहरुले यो वा त्यो दल नभनी सत्यको पक्षमा कलम चलाउनु उनले बताए ।
प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको तेस्रो अधिवेसनबाट विरेन्द्र ओलीको अध्यक्षतामा १३ सदस्सीय पदाधिकारी सहित ३५ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ ।
प्रतिक्रिया दिनुहोस