
जुम्ला । सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै तिला गाउपलिका–३ को वडा कार्यालयमा ताला बन्दी गरिएको छ । ज्येष्ठ नागरिक, एकल महिला र बाल पोषण भत्ता पाउने बच्चाको आमाहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
आर्थिक वर्ष सकिँदा पनि भत्ता नपाएकाले तालाबन्दी गरिएको ज्येष्ठ नागरिक मनिनाथ योगीले बताए । गत चैतदेखि असारसम्म भत्ता बापतको रकम नपाएको उनले गुनासो गरे । वडा कार्यालयले भत्ता दिन आनाकानी गरेको उनीहरुको आरोप छ ।
यता वडाध्यक्ष सिह बुढाले वडासचिव जयशंक उपाध्यायको ढिलासुस्तीका कारण भत्ता विरण गर्न नसकेको बताउँछन् । गाउँपालिका कार्यालयबाट भत्ता आइसकेका पनि वितरण गर्न बाँकी रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस