
एजेन्सी । भारतको केन्द्रीय सरकारले क्रिप्टोकरेन्सीमाथि कडाइ गरेको खबर आएपछि अधिकांश क्रिप्टोकरेन्सीमा गिरावट आएको छ । बुधबार बिहान १० बजे बिटक्वाइनमा १७ प्रतिशतभन्दा बढी गिरावट देखिएको हो । क्रिप्टोकरेन्सीका लागि सरकारले नोभेम्बर २९ बाट शुरु हुने हिउँदे अधिवेशनमा क्रिप्टोकरेन्सी नियमन गर्ने विधेयक संसदमा पेश गर्ने भएको छ । विधेयकले सबै प्रकारका निजी क्रिप्टोकरेन्सीहरूलाई प्रतिबन्ध लगाउन सक्ने संभावना यथावत रहेकाले पनि बजारमा गिरावट आएको अनुमान गरिएको छ ।
यद्यपि, सरकारले क्रिप्टो मुद्रा प्रविधिलाई प्रवर्द्धन गर्न केही छुट पनि दिन सक्छ । कुन क्रिप्टोकरेन्सीलाई आराम दिइनेछ भन्ने अझै स्पष्ट छैन । साथै, बिलको सहयोगमा, भारतीय रिजर्भ बैंकले आफ्नो आधिकारिक डिजिटल मुद्रा जारी गर्नको लागि योजना बनाउन सक्ने अनुमान गरिएको छ ।
हिउँदे अधिवेशनमा क्रिप्टोकरेन्सी र रेगुलेसन अफ अफिसियल डिजिटल करन्सी बिल, २०२१ लगायत कुल २६ वटा विधेयक पेश गरिने छन । क्रिप्टोकरेन्सी सम्बन्धित बिल सूचीमा १० नम्बरमा छ । भारतमा क्रिप्टोकरेन्सीका १५ देखि २० मिलियन प्रयोगकर्ताहरू रहेको अनुमान गरिएको छ । यो विधेयक कानून बनेपछि यी सबै प्रयोगकर्ता प्रभावित हुन सक्छन् ।
गत हप्ता मात्रै भारतमा क्रिप्टोकरेन्सीको मूल्यमा भारी वृद्धि भएको थियो । सबैभन्दा लोकप्रिय क्रिप्टो करेन्सी बिटकोइनको मूल्य आज ६७ हजार ८०३ डलर पुगेको थियो । पछिल्लो ६ महिनामा यसको मूल्य दोब्बर भएको छ ।
बिटक्वाइनपछिको दोस्रो सबैभन्दा लोकप्रिय करेन्सी ईथरको मूल्य पनि ह्वात्तै बढेको थियो । इथरको मूल्य अहिले ४ हजार ८२५ डलर पुगेको छ । दुवै डिजिटल करेन्सीले अक्टोबरदेखि डलरको तुलनामा ७० प्रतिशत बढी प्रतिफल दिएको देखिएको छ । अक्टोबर महिनादेखि बिटक्वाइन र अन्य मुद्रामा उकालो लागेका छन । गत महिना अमेरिकामा क्रिप्टोकरन्सीको एक्सचेन्ज ट्रेडेड फन्ड (इटीफ) सार्वजनिक गरिएको थियो । यो पहिलो बिटकोइन इटीएफ शुरु गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस