aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

अमेरिकी राष्ट्रपति बाइडेनद्धारा ११० देशलाई निमन्त्रणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ मंसिर २०७८
अमेरिकी राष्ट्रपति बाइडेनद्धारा ११० देशलाई निमन्त्रणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको प्रजातान्त्रिक शिखर सम्मेलनमा ताइवानसहित ११० देशका प्रमुख तथा प्रतिनिधिहरुलाई निमन्त्रणा गरेका छन् । भर्चुअल माध्यमबाट हुने सम्मेलनमा एक सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ ।  

लोकतन्त्रलाई केन्द्रमा राखेर आयोजना गरिएको सम्मेलनमा सहभागीताका लागि अमेरिकी राष्ट्रपति बाइडेनले संसारभरिका प्रजातान्त्रिक मुलुकका प्रतिनिधिहरुलाई निमन्त्रणा गरेका हुन् । 

सम्मेलन आगामी डिसेम्बर ९ र १० तारिखमा हुने तय भएको हो । सम्मेलनमा दक्षिण एसियाली क्षेत्रबाट नेपाल, भारत, पाकिस्तान र माल्दिभ्सलाई मात्र निमन्त्रणा गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । बंगलादेश, भुटान, श्रीलंका र अफगानिस्तानको नाम भने अमेरिकाले निमन्त्रणा गरेका देशहरुको सूचीमा छैन । बाइडेन प्रजातान्त्रिक मुलुकहरूबीच सम्बन्धलाई मजबुद् बनाउन सम्मेलनको आयोजना गरेको बताएका छन् । एएफपी

प्रतिक्रिया दिनुहोस