रौतहट । २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र साहलाई बलात्कारको आरोपमा प्रकाउ गरिएको हो ।
हेटौडाबाट चन्द्रनिगाहपुर–४ स्थित एउटा होलमा बसेर युवतीलाई ललाइफकाइ जबरजस्ती गरेको आरोपमा युवतीकी दिदीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा जबरजस्तीकरणी सम्बन्धी जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् ।
साहले उक्त युवतीलाई हेटौडाबाट लगेका थिए । पक्राउ परेका प्रहरी सहायक निरीक्षक साहलाई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस