aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

एसियाका दुई अर्बपतिको सम्पत्ति बराबर भयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
एसियाका दुई अर्बपतिको सम्पत्ति बराबर भयो

एजेन्सी । अदानी समूहका अध्यक्ष गौतम अडानी र रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानी अहिले सम्पत्ति बराबरी भएको छ । दुवैको सम्पत्ति ६.६३–६.६३ लाख करोड रुपैयाँ भएको छ । उनीहरुको सम्पत्तिको आकार  ८९ बिलियन डलर छ । दुई व्यवसायी टाइकुनहरू अहिले एशियामा सबैभन्दा धनी बनेका छन् ।

बुधवार, अदानी समूह फर्महरूको कुल बजार पूँजीकरण १० लाख करोड रुपैयाँ थियो । उही समयमा, रिलायन्स इन्डस्ट्रिजको मार्केट क्याप १४.९१ लाख करोड रुपैयाँमा रहेको थियो । मार्केट क्यापको हिसाबले रिलायन्स अगाडि छ, तर आफ्नै कम्पनीमा गौतम अडानीको हिस्सेदारी रिलायन्स समूहका कम्पनीहरूमा अम्बानीको शेयरभन्दा बढी रहेका करण व्यक्तिगत रुपमा दुबै जनाको सम्पत्ति बराबरी भएको हो । जसका कारण उनी एक दिन अम्बानीभन्दा धनी बनेका थिए तर अहिले दुवै बराबरीमा छन् ।

मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजमा ५०.६१ प्रतिशत शेयर छ भने अडानीको कम्पनीमा ७०.५९ प्रतिशत शेयर छ । अडानीका ३ कम्पनीमा उनको शेयर ७४.९२ प्रतिशत, एउटा कम्पनीमा ७४.८० र २ कम्पनीमा ६०–६४ प्रतिशत छ । बजार पूँजीकरणलाई शेयरको हालको मूल्यले शेयरको संख्यालाई गुणन गरेर गणना गरिन्छ । जबकि नेट वर्थ भनेको व्यक्ति वा निगमको सम्पत्तिबाट दायित्वहरू कटौती गरेपछिको नेट वर्थ हो ।

साउदी आरामकोसँगको १५ अर्ब डलरको सम्झौता तोडिएपछि रिलायन्सको शेयरमा लगातार गिरावट आएको छ । यो गिरावट बुधबार पनि जारी रह्यो । बुधबार, रिलायन्सको स्टक बीएसईमा १.४८ प्रतिशतले तल झरेको थियो ।  जसका कारण लगानीकर्ताको २२ हजार करोड रुपैयाँ बराबरको सम्पत्ति गुमानएका थिए । यसबाट मुकेश अम्बानीलाई ११ हजार करोडको घाटा भएको छ ।

रिलायन्सको शेयरमा गिरावट आएपछि यसको बजार पूँजीकरण १४.९१ लाख करोडमा आएको छ ।  यद्यपि, यो अझै पनि भारतको सबैभन्दा मूल्यवान फर्म भने बन्न सफल भएको छ । मुकेश अम्बानीको स्वामित्वमा रहेको अर्को स्टक मार्केटमा सूचीकृत कम्पनी रिलायन्स इन्डस्ट्रिज इन्फ्रास्ट्रक्चरको शेयर १.५७ प्रतिशतले घटेर ६१३.८५ रुपैयाँमा पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस