
बुटवल । रुपन्देहीका व्यावसायिक संघसंस्थाहरुले योगदानमा आधारित सामाजिक सुरक्षा कोषका केही बुँदा र ढुवानीमा अनलाइन प्रणाली भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) तत्काल लागू गर्न नसकिने बताउँदै शुक्रबार बुटवलमा बिरोध र्याली निकालेका छन् ।
पानी परिरहेको अवस्थामा पनि व्यवसायीहरु छाता ओढेरै र्यालीमा सहभागी भएका थिए ।
र्यालीपछि आयोजित सभामा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष गुणनिधि तिवारी, नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलम, नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रदेश संयोजक नेत्र पाठक, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, नेपाल ढुवानी व्यवसायी महासंघ रुपन्देहीका उपाध्यक्षलगायतले ढुवानीमा अनलाइन प्रणाली भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) तत्काल लागू गर्न नसकिने धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस