
एजेन्सी । विश्वको चौथो ठूलो विमान स्थालको नोभेम्बर २५ मा भारतमा नोएडा इन्टरनेशनल एयरपोर्ट (जेवर एयरपोर्ट) को शिलान्यास हुँदैछ । उनले प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिउँसो १ बजे उत्तर प्रदेशको नोएडास्थित जेवरमा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्नेछन् । यो विमानस्थल सुरु भएपछि उत्तर प्रदेश पाँचवटा अन्तर्राष्ट्रिय विमानस्थल हुने देशको पहिलो राज्य बन्नेछ।
यो विश्वको चौथो ठूलो विमानस्थल हुने छ । यसको निर्माणमा २९ हजार ६५० करोड रुपैयाँ खर्च हुनेछ । यहाँ एकैपटक १७८ विमान ल्याण्ड गर्न सकिने छ ।
जेवर विमानस्थल निर्माणमा २९ हजार ६५० करोड रुपैयाँ खर्च हुनेछ । सेप्टेम्बर २०२४ मा पहिलो उडान गर्ने लक्ष राखिएको छ । ५ हजार ८ सय ४५ हेक्टर जमिनमा विमानस्थल निर्माण हुनेछ । तर, पहिलो चरणमा १३३४ हेक्टर जग्गामा निर्माण हुनेछ । पहिलो चरणमा यहाँ दुईवटा यात्रु टर्मिनल र दुईवटा धावनमार्ग निर्माण गरिनेछ । त्यसपछि यहाँ जम्मा पाँच धावनमार्ग बनाइनेछ ।
यो अमेरिकाको फ्लोरिडाको ओर्लान्डो अन्तर्राष्ट्रिय विमानस्थललाई पछाडि पार्दै विश्वको चौथो ठूलो विमानस्थल हुनेछ । तर, यो विमानस्थलले कम्तीमा २०३० सम्ममा मात्र पूर्णरुपमा निर्माण सकिने छ । पहिलो वर्ष करिब ४० लाख यात्रुको आवतजावत हुनेछ । २०२६–२७ मा, यात्रु संख्या ७० लाखसम्म हुन सक्ने अनुमान गरिएको छ ।
एकैपटक १७८ विमान ल्याण्ड गर्न सक्ने क्षमताको हुने छ । यसमा आन्तरिक उडानहरूमा, ४० प्रतिशत स्थानमा रहने छन् । मुम्बई, कोलकाता, बैंगलोर, हैदरावाद र चेन्नई जस्ता मेट्रो शहरहरूमा जाने विमानहरु यहा रहने छन । त्यसैले जेवर विमानस्थलबाट सुरुमा ८ वटा आन्तरिक उडान सुरु हुनेछन् ।
यो एयरपोर्ट चार एक्सप्रेसवे, मेट्रो, बुलेट ट्रेन र पोड ट्याक्सीद्वारा जोडिनेछ । यसको सबैभन्दा महत्वपूर्ण कुरा भनेको विमानस्थलको टर्मिनल भवनमा मेट्रो र बुलेट ट्रेनको स्टेसन बनाइने छ ।
प्रतिक्रिया दिनुहोस