aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

राप्रपा अध्यक्षमा लिङ्देनले गरे उम्मेदवारी घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
राप्रपा अध्यक्षमा लिङ्देनले गरे उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौंको दरबारमार्गस्थित एक होटलमा पत्रकार सम्मेलन गरेर लिङ्देनले आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।  

लिङ्देनले उम्मेदवारी घोषणा पार्टीलाई बचाउनका लागि उम्मेदवारी दिएको बताएका छन् । उनले राप्रपा अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा बाध्यता भएको बताएका छन् । कि राप्रपाको समाप्ति रोज्नुपर्ने कि बाध्यात्मक रूपमा अगाडि बढ्नुपर्ने विकल्पमध्ये दोस्रो विकल्प रोज्नुपरेको लिङ्देनले बताएका हुन् । 

राप्रपामा हाल ३ अध्यक्ष रहेका छन् । राप्रापको अधिवेशन यही मंसिर १५ गतेबाट १७ गतेसम्म ३ दिन काठमाडौंमै हुँदैछ ।  

प्रतिक्रिया दिनुहोस