aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

इन्धनको मूल्य नघटेपछि यी देशले भण्डारबाट तेल झिक्न थाले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
इन्धनको मूल्य नघटेपछि यी देशले भण्डारबाट तेल झिक्न थाले

एजेन्सी । भारत–अमेरिका–चीन लगायतका प्रमुख तेल उपभोग गर्ने मुलुकले आफ्नो भण्डारबाट कच्चा तेल निकालिरहेका छन् । अमेरिका र भारतबाहेक बेलायत, जापान, दक्षिण कोरिया र चीनले आफ्नो रणनीतिक भण्डारबाट तेल निकाल्दै आएका छन् ।

अमेरिकाले ५ करोड ब्यारेल तेल आफ्नो भण्डारबाट निकाल्न निर्देशन दिएको छ । भारतसँग ५० लाख ब्यारेल, बेलायतले १५ लाख ब्यारेल, जापान र दक्षिण कोरियाले पनि ४ देखि ५० लाख ब्यारेल रिजर्भ तेल निकाल्न दिर्नेशन दिएका छन् ।

तेल उत्पादक देश ओपेक प्लसले कच्चा तेलको उत्पादन बढाउन अस्वीकार गरेपछि तेल भण्डार गरिरहेका देशहरुले यो कदम चालिएका हुन । अर्को महिना ओपेक राष्ट्रहरुको बैठक बस्दैछ । जुन २०२२ मा, २७ अन्य देशहरूले राजनीतिक संकटको कारण लिबियाको उत्पादनमा आएको कमीलाई पूरा गर्न लगभग ६० मिलियन ब्यारेल रिजर्भ तेल प्रयोग गरेका छन् । 

भारतसहित २९ सदस्य राष्ट्रले आपतकालीन तेलको भण्डार राख्ने गरेका छन् । आपतकालिन अबस्थाका लागि ९० दिनको आवश्यकता पूरा गर्ने भण्डारमा तेल राख्ने नीति यी देशहरुले लिएका छन । अमेरिकासँग ६२ मिलियन ब्यारेलको सबैभन्दा ठूलो रणनीतिक पेट्रोलियम भण्डार छ ।अन्तर्राष्ट्रिय बजारमा गत महिना कच्चा तेलको मूल्य प्रति ब्यारेल ८६ डलर नाघेको थियो । हाल, कच्चा तेलको मूल्य प्रति ब्यारेल ७८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस