aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बेलायतमा कोरोनाका कूल सङ्क्रमित संख्या करिब एक करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ मंसिर २०७८
बेलायतमा कोरोनाका कूल सङ्क्रमित संख्या करिब एक करोड

लन्डन । बेलायतमा कोरोना भाइरस सङ्क्रमितको संख्या करिब एक करोड पुगेको छ । बुधबार एकै दिनमा ४३ हजार ६७६ जना  सङ्क्रमित भएपछि कूल सङ्क्रमितको संख्या ९९ लाख ७४ हजार ८४३ पुगेको जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीले जनाएअनुसार अहिले दैनिक कम्तीमा पनि ४० हजार जनामा यो भाइरसको सङ्क्रमण भेटिने गरेकोे छ ।  यहाँ बुधबार ४३ हजार ६७६ जना थप व्यक्ति सङ्क्रमित भएका समाचारमा उल्लेख छ । बेलायतमा एक लाख ४४ हजार २८६ जना कोरोनाका  सक्रिय सङ्क्रमित रहेका छन् ।  

बेलायतमा बुधबार मात्र १४९ जना कोरोना  सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण करिब एक लाख ४४ हजार २८६ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये आठ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।

यहाँका १२ वर्षमाथिका झन्डै ८८ प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८० प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ । २७ प्रतिशत भन्दा बढीले तेस्रो डोज खोप पनि लगाएको समाचारमा जनाइएको छ । 

पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको सरकारी अधिकारीले बताएका छन् । सरकारी प्रयासका बाबजुत यहाँ सङ्क्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस