aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपालीले लगाएको खोपमध्ये आधा अनुदानको

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • शुक्रबार, १० मंसिर २०७८
नेपालीले लगाएको खोपमध्ये आधा अनुदानको

काठमाडौं । सरकारले खोप अभियान सञ्चालन गरेयता प्रयोग गरेकामध्ये आधा खोप अनुदानमा प्राप्त गरेको छ । विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय विकास साझेदारले नेपाललाई हालसम्म प्रयोग भएकामध्ये लगभग आधा खोप अनुदानमा दिएका छन् । नेपालले खोप अभियान सञ्चालन गरेयता हालसम्म दुई करोड ४५ लाख ७० हजार ६ सय ३० कोरोनाविरुद्धको खोपको मात्रा प्राप्त भइसकेको छ । यसमध्ये एक करोड ७३ लाख ४३ हजार ६ सय ३९ खोप प्रयोग भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा प्रयोग भएका खोपमध्ये सरकारले एक करोड ३१ लाख २२ हजार ६ सय ३० खरिद गरेको थियो भने बाँकी एक करोड २३ लाख ४८ विभिन्न संघ संस्थाको अनुदान सहयोग भएको जानकारी दिए । हालसम्म ९२ लाख ८४ हजार ३ सय ३७ लाई आंशिक र ८० हजार ५९ हजार ३ सय २ लाई पूर्ण मात्राको खोप लगाई सकिएको मन्त्रालयले जनाएको छ ।

सरकारले अन्तर्राष्ट्रिय क्षेत्रमा खोप अभियानका लागि काम गर्दै आएको १० संस्थाको छाता संगठन गाभी कोभ्याक्स सुविधा, कोभिड १९ खोप उत्पादक मुलुक, उत्पादक कम्पनी तथा तिनका वितरकसँग खोपको प्राप्ति तथा खरिद गर्दै आएको छ ।

छिमेकी मित्र राष्ट्र भारत, चीन, अमेरिका, भुटान र बाँकी गाभी कोभ्याक्स सुविधाबाट सहयोग स्वरूप प्राप्त भएका छन् । विश्व स्वास्थ्य संगठनले २०२० को डिसेम्बरमा तत्काल प्रयोगका लागि बायोएन टेक कम्पनीको फाइजर, २०२१ को पे्रmबु्रअरीमा अक्स्फोर्डको अष्ट्राजेनिका, सिरमा इन्स्टिच्युट अफ इन्डियाको कोभिसिल्ड र जोन्सन एन्ड जोन्सनको खोप पहिलो चरणमा प्रयोग अनुमति दिएको थियो । पछिल्लो समय अमेरिकामा उत्पादन भएका मोर्डना खोप पनि नेपालमा प्रयोग हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस