
एजेन्सी । क्रिसमस र नयाँ वर्ष देश बाहिर मनाउने योजनामा रहेकाहरुका लागि खुसीको खबर छ । भारत सरकारले ६३२ दिनको प्रतिबन्ध लगाएपछि डिसेम्बर १५ देखि अन्तर्राष्ट्रिय हवाई उडानलाई अनुमति दिने भएको छ । गत वर्ष कोरोना लकडाउन सुरु हुनुभन्दा तीन दिनअघि सरकारले चैत २२ गते अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।
अब कोभिडको अवस्था नियन्त्रणमा रहेका देशहरूमा हवाई यात्रा गर्न सकिने जनाइएको छ। तर, १४ देशको यात्रामा प्रतिबन्ध अझै जारी रहनेछ । जसमा बेलायत, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, फिनल्याण्ड, दक्षिण अफ्रिका, ब्राजिल, चीन, मौरिसस, सिंगापुर, बंगलादेश, बोत्सवाना, जिम्बाब्वे र न्यूजिल्याण्ड पर्छन्।
कोरोना भाइरसको नयाँ संस्करणलाई ध्यानमा राख्दै सरकारले यस्तो निर्णय गरेको हो । सरकारले हवाई यात्रामा प्रतिबन्ध लगाएका १४ देशहरूमध्ये धेरैसँग हवाई सम्झौता अन्तर्गत उडान सेवा जारी छ। हाल भारतसँग अमेरिका, बेलायत, युएईलगायत ३१ देशसँग एयर बबलको व्यवस्था रहेको छ।
बन्दाबन्दीमा अन्तर्राष्ट्रिय उडान जस्तै आन्तरिक उडानमा पनि रोक लगाइएको थियो । तर, दुई महिनाको विश्रामपछि सन् २०२० को मे महिनामा सीमित क्षमताका आन्तरिक उडान सञ्चालनमा आएको थियो । गत महिना मात्र आन्तरिक उडानलाई पूर्ण क्षमतामा उडान गर्न अनुमति दिइएको थियो।
प्रतिक्रिया दिनुहोस