aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

शरबत गुल हरियो आँखा वाली किन चर्चामा छिन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० मंसिर २०७८
शरबत गुल हरियो आँखा वाली किन चर्चामा छिन् ?

एजेन्सी । सन् १९८५ मा नेशनल ज्योग्राफिक पत्रिकाको कभरमा एउटा तस्बिर प्रकाशित भएको थियो । उक्त कभरमा हरियो आँखा भएकी केटी थिइन । यसको नाम शरबत गुल हो । शरबत अफगानिस्तानकी हुन् । १२ वर्षको उमेरमा उनी पाकिस्तान–अफगानिस्तान सीमामा शरणार्थी थिइन्।

शरबतको उमेर अहिले ४८ वर्षको भइसकेको छ । फेरि पनि उनी चर्चामा छिन् । यसको कारण इटाली सरकारका कारण उनी अझै चर्चामा छिन । इटालीले भनेको छ– अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि त्यहाँबाट इटाली ल्याइएका मानिसहरूमा शरबत पनि समावेश छिन् । उनी कहिले र कसरी इटाली पुगे भन्ने खुलाइएको छैन ।

गुलको तस्बिर अमेरिकी फोटोग्राफर स्टिभ म्याककरीले सन् १९८० मा खिचेका थिए । यो तस्बिर सन् १९८५ को जुनमा नेशनल ज्योग्राफिक पत्रिकाको आवरण बनाइएको थियो । तस्विरको विश्वभर प्रशंसा भयो र गुल अफगानिस्तानको सबैभन्दा प्रसिद्ध शरणार्थी बनिन ।

अफगानिस्तान छाडेर इटाली जान मद्दत गर्ने एनजीओले गुललाई त्यहाँबाट निकाल्न माग गरेको थियो । इटालीले अफगान नागरिकलाई बाहिर निकाल्ने कार्यक्रम चलाएको थियो, जसअन्तर्गत सरकारले गुललाई त्यहाँबाट निकालेर रोम ल्याएको थियो। शर्बतको यो तस्वीर २०२१ को हो । यो नेशनल ज्योग्राफिक पत्रिकाले पनि प्रकाशित गरेको थियो। हाल उनी इटालीमा छन् ।

अफगानिस्तानको असरफ घानी सरकारले उनलाई बस्न घर, खेती गर्नका लागि जग्गा र आर्थिक सहयोग दिएको थियो। उनका चार सन्तान छन् । फोटोग्राफर स्टिभ म्याककरीले एक अन्तर्वार्तामा शरबत गुलालाई ‘अफगानिस्तानको मोनालिसा’ भनेका थिए । पाकिस्तानले नक्कली पहिचान बोकेको आरोपमा शरबतलाई दुई साता हिरासतमा राखेर पछि छोडेको थियो ।

गुलले एक अन्तर्वार्तामा भनेका थिइन सोभियत आक्रमणको चार–पाँच वर्षपछि १९७९ मा पहिलो पटक पाकिस्तान पुगेँ । सीमामा रहेको लाखौ अफगानी सरणार्थीहरूमध्ये म पनि एक थिएँ । सन् २०१६ मा पाकिस्तानमा नक्कली कागजात बनाएर बसेको आरोपमा मलाई पक्राउ गरियो र अफगानिस्तान फिर्ता पठाइयो। दुई साता हिरासतमा थिए ।

यस महिनाको सुरुमा, इटालीले अफगानिस्तानको पहिलो महिला मुख्य प्रोसिक्यूटर मारिया बसिरलाई नागरिकता प्रदान गरेको थियो। मारिया ९ सेप्टेम्बरमा इटाली पुगेकी थिइन् । इटालीले सेप्टेम्बरको सुरुमा करिब ५ हजार अफगानीहरूलाई अफगानिस्तानबाट निकालेको थियो। अफगानिस्तानमा रहेका अफगानी नागरिकलाई बाहिर निकाल्ने अमेरिकी नेतृत्वको अभियानमा पाँच देश संलग्न थिए । यो अभियानमा जर्मनी, बेलायत र टर्कीसँगै इटालीले पनि भाग लिएको थियो ।

प्रतिक्रिया दिनुहोस