aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

कच्चा तेलको मूल्य एकैदिन १० प्रतिशतले घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ मंसिर २०७८
कच्चा तेलको मूल्य  एकैदिन १० प्रतिशतले घट्यो

एजेन्सी । कच्चा तेलको मूल्य एकै दिन १० प्रतिशतभन्दा बढीले घटेको छ। कोरोनाको नयाँ भेरियन्टबारे बढेको हल्ललाले शुक्रबार विश्व बजारमा कच्चा तेलको मुल्य १०.७ प्रतिशतले घटेको हो । विश्व बजारमा घटेर प्रतिब्यारेल ७३.४५ डलरमा आइपुगेको छ। 

युरोपेली, एसिया र दक्षिण अफ्रिकाका केही मुलुकले नयाँ भेरियन्टबारे चासो व्यक्त गर्दै भ्रमणमा प्रतिबन्ध लगाएसँगै तेलको भाउ घट्न पुगेको हो। ओमिक्रोन नाम दिइएको नयाँ भेरियन्ट केही अफ्रिकी मुलुकमा फैलिएको छ। 

त्यस्तै शुक्रबार अमेरिकी कच्चा तेलको भाउ पनि ११.६ प्रतिशतले घटेर प्रतिब्यारेल ६९.२७ डलरमा आइपुगेको छ। ८० डलर प्रतिडलर पुग्न लागिसकेको कच्चा तेलको मूल्य पुन झर्न थालेको हो । 

दुबई, ओपेक, रसिया र अरु तेल उत्पादक राष्ट्रहरुले तेल उत्पादन वृद्धि नगरेपछि गत हप्तामा मात्रै तेल भण्डारण गरिरहेका देशहरुले भण्डारबाट तेल झिक्ने घोषणा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस