
काठमाडौं । आर्थिक पत्रकार संघ (नाफिज) ३ नम्बर प्रदेश कमिटी चयन भएको छ । शुक्रबार राजधानीमा भएको नाफिजको सभाले ३ नम्बर प्रदेशस्तरीय नयाँ कमिटी चयन गरेको नाफिजले जनाएको छ । प्रदेश नम्बर ३ मा १७ सदस्य नयाँ कार्यसमिति चयन भएको हो ।
उक्त नयाँ कार्यसमितिमा नवीन ढुंगाना अध्यक्ष, सुधीर भण्डारी उपाध्यक्ष, सुधा देवकोटा उपाध्यक्ष, तिर्थराज पौड्याल सचिव, युवराज बस्नेत सहसचिव,भूमिका बस्नेत सहसचिव,पुजा चँदरा कोषाध्यक्ष राजाराम न्यौपाने सह-कोषाध्यक्ष रहेका छन् ।
त्यस्तैगरि, सदस्यहरु खेमराज श्रेष्ठ (अमिर),दीलु कार्की, सुरञ्जन घिमिरे,शिव धिताल,परिवर्तन देवकोटा, दीपेश घिमिरेअरुण पाख्रिन
सीता श्रेष्ठ कमला भुसाल चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस