
एजेन्सी । भारतले विश्वको चौथो ठूलो इन्टरनेशनल एयरपोर्ट भनेर दावी गरिरहेको विमान स्थल चीनको बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल इन्जिनियरिङको भएको चीनले दावी गरेको छ । विहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विहीबार धुमधामका साथ उद्घाटान गरेको उत्तरप्रदेश स्थित जेवर विमान स्थलका रुपमा सार्वजनिक गरिएको तस्विर चीनको ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलको छ ।
जेवर एयरपोर्टको फोटो रिभर्स सर्च गर्ने बित्तिकै भारतको जेवर विमान स्थलको स्थानमा भारतीय सरकारी निकायले नै चीनको ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलको तस्विर आएपछि चिनियाँ पत्रकारले विरोध गरेका छन् ।
धेरै विदेशी मिडिया रिपोर्टहरूमा यो फोटो बेइजिङ ड्याक्सिङ इन्टरनेशनल एयरपोर्टको नाममा छ । चीनको सरकारी ग्लोबल टेलिभिजन नेटवर्कका अधिकारी शेन शेवेईले जेवार एयरपोर्टको नामबाट शेयर गरिएको फोटो भारतले आफ्नो विमान स्थलको इन्जिनेरिंग भनेर सार्वजनिक गरेको छ ।
शेनले फोटो शेयर गर्दै लेखेका छन्, 'भारतीय सरकारी अधिकारीहरूले आफ्नो उपलब्धिको रूपमा चीनको बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलका तस्बिरहरू प्रयोग गरेको थाहा पाउँदा छक्क परेको छु ।'
प्रतिक्रिया दिनुहोस