aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

गुगल र एप्पलाई ११.३ मिलियन डलरको जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ मंसिर २०७८
गुगल र एप्पलाई ११.३ मिलियन डलरको जरिवाना

एजेन्सी । इटालियन प्रतिस्पर्धा प्राधिकरणले एप्पल र गुगल दुबैलाई करिब ११.३ मिलियन डलर जरिवाना गरेको छ । यी कम्पनीहरूले ग्राहकको व्यक्तिगत डाटा चोरेको आरोपमा उक्त जरिवाना गरेको हो । उनीहरुको अनुमतिबिना ग्राहकको व्यक्तिगत डाटा व्यवसायिक फाइदाका लागि प्रयोग गर्ने गरेको बताइएको छ । इटालीको प्रतिस्पर्धा प्राधिकरणले यसलाई उपभोक्ता संहिताको उल्लङ्घन भएको ठहर गरेको छ ।

गुगलले अनलाइन विज्ञापन, खोज उपकरण, क्लाउड कम्प्युटिङ, सफ्टवेयर र हार्डवेयरका लागि प्रविधिहरू समावेश गर्ने गरेको छ । प्रतिस्पर्धा प्राधिकरणका अनुसार एप्पलले आफ्ना उपकरण र सेवाहरू मार्फत प्रयोगकर्ताहरूको प्रोफाइल डाटा प्रयोग गर्ने गरेको छ । यसले तेस्रो पक्षलाई डेटा स्थानान्तरण नगरी उत्पादनको बिक्रीलाई बढावा दिएर तेस्रो पक्ष एप स्टोर, आइट्यून्स र एप्पल बुक्स मार्फत आर्थिकरुपमा प्रत्यक्ष शोषण गर्न अनुमति दिएको आरोप लगाएको छ । 

द भर्जलाई दिएको बयानमा गुगलले यो निर्णयसँग असहमत रहेको बताएको छ । र यसविरुद्ध अपिल गर्ने योजना रहेको बताएको छ गुगलका प्रवक्ता भन्छन्, हामी मानिसहरूलाई उनीहरूको व्यक्तिगत डेटाको प्रयोग र उनीहरूको जानकारीको व्यवस्थापनमा सरल नियन्त्रण दिन्छौं । उपभोक्ता संरक्षण नियमहरूको पूर्ण पालना गर्न कडा मेहनत गर्छौं।

एप्पललाई इटालियन नियामकले यस हप्ता जरिवाना गरेको यो दोस्रो पटक हो । मंगलबार, अमेजनलाई अमेजनको इटाली स्टोरमा एप्पल र स्पिकरहरूसँग उत्पादनहरू बेच्न अनुमति दिएकोमा २२५मिलियन डलरभन्दा बढी जरिवाना गरिएको थियो । 

इटालीको नियामक निकायका अनुसार दुई कम्पनीहरु बीच २०१८ मा भएको सम्झौता अनुसार, केहि रिसेलरहरुलाई मात्र अमेजनमा उत्पादनहरु बेच्नको लागी अनुमति छ । तर यसले युरोपियन युनियन को प्रतिस्पर्धा नियमहरुलाई तोडेको छ । जस पछि दुबै कम्पनीहरु लाई जरिवानाका साथै प्रतिबन्ध लगाइएको हो । 

प्रतिक्रिया दिनुहोस